‘वान एक्स बेट’मार्फत अनलाइन सट्टेबाजीलाई प्रचार गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), पवन खितवडा (म्याकुरी), एलिस राई, जलन घर्ती मगर, गणेश देवकोटा, सरोज घिमिरे (ढेडु बुढो) र बेगम नेपाली (भटभटे माइला) रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
उनीहरूले विभिन्न खेलहरू खेलाउनको लागि आफ्नो युट्युब च्यानलमार्फत वान एक्स बेटलाई प्रचारप्रसारमा सहयोग पुग्ने गरी प्रोमो कोडसमेत दिई विज्ञापन गर्ने गरेका थिए ।
प्रहरीका अनुसार उनीहरूले दुई लाख रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म कमाउने गरेका प्रारम्भिक बयान दिएका छन् ।