सुनसरीकाे धरान उपमहानगरपालिकाले पनि भारतीय चलचित्र आदिपुरुषकाे प्रदर्शनमा राेक लगाएकाे छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सीता भारतीय चेली हुन् भन्ने वाक्यांश नहटाएसम्म धरानभित्र आदिपुरुष चल्न नदिइने जानकारी गराएका छन् ।
‘यो आदिपुरुष फिल्म धरान उपमहानगरमा पनि बन्द गराइएको जानकारी गराएँ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसअघि काठमाडाैं र पाेखरा महानगरपालिकाले पनि यही विषयमा भारतीय चलचित्रकाे प्रदर्शनमा राेक लगाएका छन् ।