एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत इन्डिया ‘ए’सँगको खेलमा नेपाली ब्याटरहरूले संघर्ष गर्ने क्रम जारी छ ।
श्रीलंकामा भइरहेको खेलमा नेपालले ९० रन जोड्दा ६ विकेट गुमाएको छ । अन्तिमपटक सोमपाल कामी १४ रन बनाएर आउट भएका छन् ।
३९ बल खेलेर कप्तान रोहित पौडेलसँग अर्धशतकीय साझेदारी गरेका सोमपाल एलबीडब्लु धरापमा परे ।
यसअघि देव खनाल १५, आशिफ शेख ७, भीम सार्की ४ र कुशल भुर्तेल तथा कुशल मल्ल शून्य रनमा आउट भएका थिए ।

