सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्सको सटरमा शंकास्पद वस्तु राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटका २८ वर्षीय अजाञ्ची पासवान रहेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालले बताए ।
उनका अनुसार घटनास्थल नजिकैको एक होटलमा लुकेर बसेको अवस्थामा पासवानलाई पक्राउ गरिएको हो । उनलाई शंकास्पद वस्तु डिस्पोज भएलगत्तै पक्राउ गरिएको एसपी रिजालले बताए ।
एक ज्वेलर्स अगाडि बुधवार बिहान कालो प्लास्टिकले बाँधेको शंकास्पद वस्तु फेला परेको थियो।
त्यसपछि अनुसन्धान थालेको प्रहरीले उनलाई पक्राउ गरेको हो।

