पाँच दिनदेखि रोकिएको काठमाडौंको फोहर बञ्चरेडाँडामा झार्नका लागि प्रहरी परिचालन गरिएको छ ।
फोहोरका कारण राजधानीमा दुर्गन्ध फैलिन थालेपछि फोहर व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो ।
स्थानीयले अवरोध गरेपछि काठमाडौंको फोहोर लिएर गएका गाडी नुवाकोटको ढाँडेबेसीमा रोकिएका थिए ।
फोहोरका टिप्परसहित शुक्रवार २ ट्रक प्रहरी बञ्चरेडाँडातर्फ लागेका छन् । प्रहरीको स्कर्टिङसहित फोहोर बोकेका गाडी मुड्खुभञ्ज्याङमा रोकिएका छन् ।
विगतमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै सिसडोल र बञ्चरेडाँडाका स्थानीयले साउन १ गतेदेखि फोहर उठाउन रोकेका थिए ।

