चितवनको माडी नगरपालिका वडा नम्बर ८ दक्षिण अयोध्यापुरीका बिरामी एक युवकको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । माडी नगरपालिका ८ का ३० बर्षका सुरेश सुबेदीको आर्थिक अभाबका कारण उपचारमा समस्या भएको हो । असारको पहिलो साता अत्यधिक ज्वारो आउने र टाउकाे दुख्ने समस्या भै पुरानो मेडिकलमा लगेर सिटी स्क्यान गर्दा केही पनि नदेखिए पछि घर फर्काइएकोमा पुन समस्या देखिएको र सरकारी अस्पतालमा उपचार सुरु गरिएको हो । पुन असार ११ गते अत्यधिक ज्वरो आएकोले सरकारी अस्पतालमा इमेर्जेन्सिमा भर्ना गरि सोहि राति देखि आइसियुमा राखिएको बिरामीकि बहिनी सुमित्रा सुबेदीले बताउनु भयो । उपचारकै क्रममा डाक्टरको भनाइ अनुसार दिमागमा पानी जमेकाे कारण अप्रेशन गरिएको र बिरामी लाई हाल न्युराे सर्जरी वार्ड बेड नम्बर ९ मा राखिएको जनाइएको छ । बिरामीको उपचारमा हाल सम्म ३ लाख रुपैया खर्च भएको र अझै खर्च लाग्ने डाक्टरले बताएपछी बिरामीका परिवारजनले उपचारका लागि आर्थिक सहयोगका लागि अपिल गरेका छ्न । यसैबिच सामाजिक संस्था साबिक अयोध्यापुरी माडी – भरतपुर सम्पर्क समाजले बिरामी युवा सुवेदीको उपचारमा आर्थिक सहयोगका लागि अपिल गर्दै अभियान सुरु गरेको छ । बिरामीको आर्थिक अबस्था कमजोर भएकाले उपचार सहयोगका लागि अभियान सुरु गरेको हो । संस्थाका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले बिरामीको उपचारका लागि संस्थामा आबद्द सम्पुर्ण सदस्यहरुका साथै साबिक अयोध्यापुरी तथा माडीवासी लाई सकेको आर्थिक सहयोगका लागि अनुरोध गर्नु भएको हो । सहयोगका लागि सहयोगदाताले बिरामीकि बहिनी सुमित्रा सुवेदीको माडी बसन्तपुरमा रहेको ग्लोबल आइ एम इ बैक खाता नम्बर 21007010099387 तथा इसेवा नम्बर 9865383118 मा समेत रकम जम्मा गर्न सकिने जनाइएको छ ।
Breaking News
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

