चितवन, ४ फागुन
पूर्व र पश्चिमबाट आएका मिटरब्याज पीडितहरुलाई एमाले चितवनको समन्वयमा उद्योग बाणिज्य संघ चितवन र जेसिज भवन नारायणगढमा आवासको व्यवस्थापन गरिएको छ । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने आफैंले मिटरब्याज पीडितहरूलाई भेटेर कष्टपूर्ण आन्दोलनमा पार्टीका तर्फबाट ऐक्यवद्दता जनाउँदै आवास र खाद्यान्नको सहयोग जुटाएका थिए । उनीहरुलाई चामल, दाल, च्यूरा, तरकारी, आटा, भुजा गरेर झण्डैं ७० हजार बरावरको खाद्यान्न सहयोग जुटाएको एमाले अध्यक्ष न्यौपानेले बताए । उद्योग बाणिज्य संघका पदाधिकारी, युवा उद्यमी चन्दन अग्रवाल लगायतसँग समन्वय गरेर अत्यावश्यकीय खाद्यान्न लगायतका सामाग्रीहरु सहयोग गरिएको न्यौपानेले बताए । उनले भोली उठी कहाँ जाने केही थाहा नभएका मिटरब्याज पीडितहरुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
मिटरब्याज पीडितहरु हिजो विहिबार र आज शुक्रबार नारायणगढमा नै बसेका छन् । एमाले अध्यक्ष न्यौपानेले राज्य कै संरक्षणमा मिटरब्याज चलाउनेहरू रहेको आरोप लगाउँदै भूमिहिन, सुकुम्वासी तथा कतिपय जग्गा भएका ब्यक्तिहरुलाई ऋण दिने नाममा १७ औं शताब्दीको जस्तो वर्वरता देखाइएको बताए । राज्यका विभिन्न निकायहरूले कपाली तमसुकलाई वैधानिकता दिने काम गरेर न्यायिक तथा अर्धन्यायिक निकायबाट नै पीडितलाई कहिल्यै उठ्न नसक्ने गरी प्रताडित गराइएको न्यौपानेको भनाई छ । विभिन्न राजनीतिक दल भित्र पनि मिटरब्याजीहरु मूल समस्याका रुपमा रहेको भन्दैं यस्ता प्रवृतिका विरुद्ध पीडितहरुले गरेको विद्रोहलाई साथ दिनुपर्ने न्यौपानेको भनाई छ ।
मिटर ब्याज पीडित मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले एमाले चितवनले आफूहरूलाई ठूलो छाती देखाएर सहयोग गरेको बताए ।
यसैबीच, पूर्वको मेची र पश्चिमको कञ्चनपुरमा सयौं किलोमिटर पैदल यात्रा गरेर आएका झण्डैं ७ सय मिटरब्याज पीडितहरु चितवनमै रोकिएका छन् । गत मंगलवार पूर्वबाट आएका मिटरब्याज पीडितहरु माथि मकवानपुरको मनहरीमा केही स्थानीयले कुटपिट गरेर घाइते बनाएकाहरु अस्पतालबाट डिस्चार्ज हुन ढिला भएकोले उनीहरु नारायणगढमा नै रोकिएका हुन् । चितवन मेडिकल कलेजको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरुको उपचार खर्चका विषयमा कुरा मिलाउन समय लागेकोले सबै जना पीडितहरू नारायणगढमा नै रोकिएको र भोली शनिवार मात्रै काठमाण्डौंतर्फको पदयात्रा सुरु गरिने नविनले बताए । मंगलवार मनहरीमा केही स्थानीय युवाले आक्रमण गर्दा ५ जना पुरुषसहित १६ जना मिटरब्याज पीडितहरु घाइते भएका थिए । उनीहरुको उपचारमा लागेको १ लाख ८० हजार खर्च लागेको छ । घाइतेहरुको उपचार खर्च वापत लागेको रकम मध्ये १ लाख ४४ हजार मनहरी गाउँपालिका कार्यालयले ब्यहोर्ने भएको छ । बाँकी रकम चितवन मेडिकल कलेजले छुट दिएको प्रमुख प्रशासकिय अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।
Breaking News
- शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
- फेसबुकमार्फत चम्किएको डब्लुआरआर : १० बर्षको उपलब्धीबारे उत्साहित अभियन्ता
- जसले न्याय खोज्दाखोज्दै त्यागिन् प्राण
- वैवाहिक बर्षगाँठको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणमा गौतम दम्पतीको सहयोग
- गभर्नर नियुक्तिमा उमेरहद हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
- सिद्धार्थ ग्रुपको नारायणगढमा नयाँ शाखा बिस्तार
- विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
- घिसिङ बर्खास्त