१५, फागुन, चितवन
श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवन र राष्ट्रिय युवा संघ चितवन बीचको मैत्रीपूर्ण फुटबल खेलमा युवा संघ नेपाल बिजयी भएको छ । प्रेस चौतारीको टिमलाई ३ गोलले पराजित गर्दै राष्ट्रिय युवा संघको टोली विजयी भएको हो । काठमाण्डौंमा जारी केपी ओली कपको प्रचारप्रसार तथा प्रेस चौतारी चितवनको भवन निर्माण सहयोगार्थ आयोजना गरिएको मैत्रीपूर्ण फुटबलको उत्कृष्ट खेलाडी प्रेस चौतारी टिमका कृष्ण कार्की भए । सो क्रममा प्रेस चौतारी चितवनको भवन निर्माणका लागि राष्ट्रिय युवा संघले ५१ हाजर १ सय ११ रुपैयाँ सहयोग गरेको छ । कार्यक्रममा प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले प्रेस चौतारी नेपालको देशकै पहिलो भवन चितवनमा बन्दै गरेकोले भवनलाई सहयोग जुटाउने मनशायले युवा संघले खेलको आयोजना गरेकामा धन्यवाद दिए । खेल संयोजक राज घलेले युवा संघले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि रचनात्मक खेलका माध्यमबाट सहयोग गर्न पाउँदा खुसी लागेको बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रम चौतारीसँग मिलेर गर्ने नेता घलेको बताए । संघका चितवन जिल्ला अध्यक्ष झलक भट्टको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पोलिट्ब्यूरो सदस्य देवी ज्ञवाली, सभाषद कृष्णभक्त पोखरेल, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, एमाले उपाध्यक्ष कमलराज पाठक, एमाले प्रचार विभाग प्रमुख एवम् जिल्ला सहसचिव प्रकाश ढुंगाना, एमालेका विभिन्न तहका नेताहरु, युवा संघका नेताहरु प्रताप डल्लाकोटी, केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज शंकर अधिकारी, संघका केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।
Breaking News
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?

