काठमाडौ , बैशाख १० – कतारका राजा शेख तमिम विन हमाद अल थानी नेपाल आउने भएसँगै सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उँहाकाे भ्रमण हुन लागेको हो । पहिलोपल्ट कतारका राजा नेपाल आउन लाग्नु भएकाे हाे । विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । निजी जहाज लिएर आउन लागेका उँहाकाे साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुने बताइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले मंगलबार राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने बुधबार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ ।