चितवन , बैशाख १२ – चितवनको राप्ती नगरपालिका वडा नं-८ मा चेकजाँच गर्ने क्रममा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
थ्री ग्रुपबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको ना ७ प ६५१९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएको अबस्थामा प्रहरी टोलीले मोटरसाइकल उठाउन जाँदा मोटरसाइकलमा सवार व्यक्तिहरुले बोकेको जेब्रा झोला शंका लागि चेकजाँच गर्दा झोलाभित्र लुकाइछिपाइ ल्याएको दुई केजी गाँजासहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले भरतपुर महानगरपालिका वडा नं-४ बस्ने २२ वर्षीय सोमबहादुर लामा र सोही ठाउँ बस्ने राप्ती नगरपालिका वडा नं-८ थ्री ग्रुप बस्ने १४ वर्षीय अमर सुनारलाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ ।