चितवन , बैशाख १३ – चितवन राष्ट्रीय निकुञ्ज भित्रको सुविधा सम्पन्न बाटो र माडीका विभिन्न समस्याहरूको सामाधानका लागी बृहत छलफल कार्यक्रम सुरु गरिएको छ । आगामी दिनमा गर्ने भनिएको संयुक्त आन्दोलनको चरणबद्ध तयारी स्वरूप माडीलाई माया गर्ने र माडी संग जोडिएका सम्पर्क मंचहरू र समृद्धिका लागी युवा अभियान माडीको संयुक्त आयोजनामा भरतपुरमा छलफल भएको हो । छलफलमा माडीका अगुवाहरुले हाल देखीएको उपलब्धि लाई कार्यान्वयन सम्म पुर्याउन पहल गर्दै राष्ट्रीय निकुञ्ज भित्रको बाटोको विषय एक भएर लड़न सकेमा मात्रै उपलब्धि हासिल गर्न सकिने बताएका छ्न । उनिहरुले आन्दोलन गर्ने साझा प्लेटफार्म बनाउने र माडी भित्र सक्रिय रूपमा अस्तित्वमा रहेका संघ संस्था संगठन हरूसंग बैठक र छलफल गरेर मात्र बृहत्तर सचिवालय संघर्ष समिति तथा उपसमितिहरू निर्माण गर्न सुझाव दिएका छ्न । छलफलमा आन्दोलन लाई व्यवस्थित र मर्यादित बनाउन राजनीतिक नेतृत्व बुद्धिजीवी युवा लगायत सबैसंग राय सल्लाहा सुझाव तथा एक्यबद्दताको आह्वान गर्दै कार्यक्रम गर्ने तयारी गरिएको समृद्धिका लागी युवा अभियानका अगुवा रामचन्द्र लम्सालले जानकारी दिनु भयो । छलफलमा माडी भरतपुर सम्पर्क मंचकी अध्यक्ष बिष्णु क्षेत्री साबिक अयोध्यापुरी भरतपुर – माडी सम्पर्क समाजका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ , माडीका सामाजिक अगुवाहरु पुर्ण चन्द्र चापागाई,शसी लामिछाने , कृष्ण काफ्ले , दुर्गा लामीछाने , सामाजिक अभियन्ता अर्जुन भुसाल लगायतले राष्ट्रीय निकुंज भित्रको सुविधा सम्पन्न बाटो र विभिन्न समस्याहरूको सामाधानका लागि आ आफ्नो बिचार राख्नु भएको थियो । समृद्धिका लागी युवा अभियान माडीका अगुवा विपिन पाठकले संचालन गर्नु भएको कार्यक्रम माडी भरतपुर सम्पर्क मंचकी अध्यक्ष बिष्णु क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।
Breaking News
- सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्
- नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह
- बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
- चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
- रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
- निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
- पर्खाइ मतदानको (तस्बिरहरू)
- विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

