चितवन , बैशाख १३ – चितवन राष्ट्रीय निकुञ्ज भित्रको सुविधा सम्पन्न बाटो र माडीका विभिन्न समस्याहरूको सामाधानका लागी बृहत छलफल कार्यक्रम सुरु गरिएको छ । आगामी दिनमा गर्ने भनिएको संयुक्त आन्दोलनको चरणबद्ध तयारी स्वरूप माडीलाई माया गर्ने र माडी संग जोडिएका सम्पर्क मंचहरू र समृद्धिका लागी युवा अभियान माडीको संयुक्त आयोजनामा भरतपुरमा छलफल भएको हो । छलफलमा माडीका अगुवाहरुले हाल देखीएको उपलब्धि लाई कार्यान्वयन सम्म पुर्याउन पहल गर्दै राष्ट्रीय निकुञ्ज भित्रको बाटोको विषय एक भएर लड़न सकेमा मात्रै उपलब्धि हासिल गर्न सकिने बताएका छ्न । उनिहरुले आन्दोलन गर्ने साझा प्लेटफार्म बनाउने र माडी भित्र सक्रिय रूपमा अस्तित्वमा रहेका संघ संस्था संगठन हरूसंग बैठक र छलफल गरेर मात्र बृहत्तर सचिवालय संघर्ष समिति तथा उपसमितिहरू निर्माण गर्न सुझाव दिएका छ्न । छलफलमा आन्दोलन लाई व्यवस्थित र मर्यादित बनाउन राजनीतिक नेतृत्व बुद्धिजीवी युवा लगायत सबैसंग राय सल्लाहा सुझाव तथा एक्यबद्दताको आह्वान गर्दै कार्यक्रम गर्ने तयारी गरिएको समृद्धिका लागी युवा अभियानका अगुवा रामचन्द्र लम्सालले जानकारी दिनु भयो । छलफलमा माडी भरतपुर सम्पर्क मंचकी अध्यक्ष बिष्णु क्षेत्री साबिक अयोध्यापुरी भरतपुर – माडी सम्पर्क समाजका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ , माडीका सामाजिक अगुवाहरु पुर्ण चन्द्र चापागाई,शसी लामिछाने , कृष्ण काफ्ले , दुर्गा लामीछाने , सामाजिक अभियन्ता अर्जुन भुसाल लगायतले राष्ट्रीय निकुंज भित्रको सुविधा सम्पन्न बाटो र विभिन्न समस्याहरूको सामाधानका लागि आ आफ्नो बिचार राख्नु भएको थियो । समृद्धिका लागी युवा अभियान माडीका अगुवा विपिन पाठकले संचालन गर्नु भएको कार्यक्रम माडी भरतपुर सम्पर्क मंचकी अध्यक्ष बिष्णु क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।
Breaking News
- शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
- फेसबुकमार्फत चम्किएको डब्लुआरआर : १० बर्षको उपलब्धीबारे उत्साहित अभियन्ता
- जसले न्याय खोज्दाखोज्दै त्यागिन् प्राण
- वैवाहिक बर्षगाँठको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणमा गौतम दम्पतीको सहयोग
- गभर्नर नियुक्तिमा उमेरहद हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
- सिद्धार्थ ग्रुपको नारायणगढमा नयाँ शाखा बिस्तार
- विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
- घिसिङ बर्खास्त