इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन्। यसअघि कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता कायम राखिरहेका थिए।
अहिले फाकफोकथुम गाउँपालिकाको मतगणना भइरहेको छ। जसमध्ये वडा नम्बर १, २ र ३ को गणना हुँदा डम्बरले अग्रता लिएका थिए।
तर, वडा नम्बर ४ मा भने सुहाङ ठूलो मतान्तरसहित अघि लागेका छन्।
पछिल्लो मतपरिणाम अनुसार सुहाङले यो वडामा ९१२ मत ल्याएका छन् भने डम्बरले ५ सय ३९ मत ल्याएका छन्।
अहिलेसम्मको मतपरिणाम अनुसार सुहाङको कुल मत २५४२ पुगेको छ भने डम्बरको २१९७ पुगेको छ।
उनीहरूबीचको मतान्तर ३४५ रहेको छ।