चितवन , जेठ ११ – चितवनको माडी नगरपालिका वडा नं. ९ गणेशकुञ्जका एक युवा भरतपुर अस्पतालमा जटिल उपचार भैरहेको बेला आर्थिक समस्या भएको छ । माडीका ३७ वर्षिय इश्वरी गिरीको फोक्सो खराब भई भरतपुर अस्पताल चितवनमा जटिल अवस्थामा उपचार भैरहेको बेला आर्थिक समस्या भएको हो ।
करिब एक हप्ता अगाडी बाट आइ.सि.यु मा उपचारत उहाँको आर्थिक अभावको कारण थप उपचारमा समस्या भएको हो । कठिनाइ भोग्नुपरेको बताउनुभयो । हालसम्म करिब २ लाख खर्च भैसकेको र बाँकी उपचारको लागि घर परिवारबाट आर्थिक श्रोत जुटाउन नसक्दा औषधि किन्न समेत गाह्रो भएको उहाँको भाई एवं माडीका सञ्चारकर्मी समेत रहनुभएका शंकर गिरीले बताउनुभयो ।
आफन्तहरुको सहयोगले हाल सम्म उपचार खर्च जोहो भएको भए थप उपचारला लागि रकमको समस्या भएकाले सहयोगको लागि अपिल गरिएको परिवारजनले बताएका छ्न ।
सहयोगका लागि शंकर गिरिकाे इ–सेवा नम्बर: 9841939936 वा कृषि बिकास बैंकको खाता नम्बर Shankar Giri: 0508801876902018 मार्फत सहयोग गर्न सकिने जनाइएको छ ।