असार ३ गते । नेकपा एकीकृत समाजबादी खैरहनी नगर कमिटी अध्यक्ष दुर्गादत्त अर्यालले पाटी परित्याग गरेका छन् ।
समाजबादिको कुनै पनि पदमा नरहेको घोषणा गरेका उनले आफू पुरानै घर फर्किएको बताएका छन् ।
उनी समाजबादिको जिल्ला सचिवालय सदस्य पनि थिए । समाजबादिका जिल्ला इन्चार्ज एवं बागमती प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनालका अर्याल निकट थिए । सामाजिक संजाल फेसबुक मार्फत समाजबादी परित्याग गरेको घोषणा गरेका उनले एमालेमा पूरा समय दिने र सक्दो योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।