चितवन , असार १५ – चितवनको माडी नगरपालिका वडा नम्बर ९ गणेशकुञ्जका विभिन्न किसानको पोखरीमा बर्षादको बाढी पस्दा लाखौको क्षति भएको छ । गाउमा रहेका १७ वटा पोखरीमा बाढी पस्दा पालिएका माछा बगाउनुका साथै पोखरीमा समेत पुर्ण रुपमा क्षती पुगेकाे छ ।
गणेशकुञ्जका माछापालन किसानहरुले सञ्चालन गर्दै आएको १७ वटा पोखरीमा बाढी पस्दा २५ लाख बढिको क्षेती भएको माछापालक किसानहरुले बताएका छन् ।
आँफुहरुले दैनिकि गुजारा गर्न सञ्चालन गरेको पोखरीमा बाढी पसेर पुरै तहसनहस बनाउँदा आर्थिक क्षतीसंगै पोखरी समेत बाढीले पुरेको माडी-९ का माछापालक कृषक माधव पौडेलले बताउनुभयो ।
माडीमा केही दिन अगाडी बाट दैनिकजसो मुसलधारे बर्षा हुदा दैनिक जनजीवन प्रभावित हुँदै आएको छ ।