चितवन , असार , १६ – नेकपा एमाले भरतपुर १० को १७औ वडा अधिबेशन भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले दधिराम देबकोटा अध्यक्ष रहेको २९ सदस्यीय वडा कमिटी गठन गरेको हो । नवगठित कमिटीका उपाध्यक्ष रामचन्द्र रेग्मी , सचिव बिज्ञान पौडेल सह-सचिब राजेन्द्र तिमिल्सिना (चुडामणि) सह-सचिव दुर्गा लामिछाने सहित २९ सदस्यीय वडा कमिटी गठन भएको हो । अधिवेशन कार्यक्रममा प्रमुख अतिथी-नेकपा एमालेका केन्द्रिय सदस्य , बाग्मती प्रदेशका योजना तथा आर्थिक मामिला मन्त्री जे एन थपलिया ,विशिष्ट अतिथी एमाले जिल्ला अध्यक्ष कमलराज पाठक,
जिल्ला समन्वय समिति चितवनका सभापती नारायण अधिकारी रहनु भएको थियो ।
त्यस्तै अतिथिहरुमा पुर्व जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने , प्रदेश कमिटी सदस्य तेजेन्द्र खडका,सुनिता अधिकारी , केन्द्रिय सल्लाहकार परिषद सदस्य शिक्षाबिद रमाकान्त सापकोटा ,प्रा. डाक्टर बिजय पौडेल , केन्द्रिय खानेपानी बिभाग सदस्य बाबुराम उपाध्याय , एमाले भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलिया लगायत रहनु भएको थियो ।
नेकपा एमालेको केही दिन पहिले सम्पन्न ११औ जिल्ला अधिवेशनले वडा नम्बर १० को इन्चार्जको जिम्मेवारी इश्वरी शर्मा ढकाललाई दिइएको छ ।
Breaking News
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स

