चितवन , असार , १६ – नेकपा एमाले भरतपुर १० को १७औ वडा अधिबेशन भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले दधिराम देबकोटा अध्यक्ष रहेको २९ सदस्यीय वडा कमिटी गठन गरेको हो । नवगठित कमिटीका उपाध्यक्ष रामचन्द्र रेग्मी , सचिव बिज्ञान पौडेल सह-सचिब राजेन्द्र तिमिल्सिना (चुडामणि) सह-सचिव दुर्गा लामिछाने सहित २९ सदस्यीय वडा कमिटी गठन भएको हो । अधिवेशन कार्यक्रममा प्रमुख अतिथी-नेकपा एमालेका केन्द्रिय सदस्य , बाग्मती प्रदेशका योजना तथा आर्थिक मामिला मन्त्री जे एन थपलिया ,विशिष्ट अतिथी एमाले जिल्ला अध्यक्ष कमलराज पाठक,
जिल्ला समन्वय समिति चितवनका सभापती नारायण अधिकारी रहनु भएको थियो ।
त्यस्तै अतिथिहरुमा पुर्व जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने , प्रदेश कमिटी सदस्य तेजेन्द्र खडका,सुनिता अधिकारी , केन्द्रिय सल्लाहकार परिषद सदस्य शिक्षाबिद रमाकान्त सापकोटा ,प्रा. डाक्टर बिजय पौडेल , केन्द्रिय खानेपानी बिभाग सदस्य बाबुराम उपाध्याय , एमाले भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलिया लगायत रहनु भएको थियो ।
नेकपा एमालेको केही दिन पहिले सम्पन्न ११औ जिल्ला अधिवेशनले वडा नम्बर १० को इन्चार्जको जिम्मेवारी इश्वरी शर्मा ढकाललाई दिइएको छ ।
Breaking News
- गैह्रीगाउँमा डोजरः ध्वस्त भए घरटहरा, हेरिरहे सुकुमबासी (तस्बिरहरू)
- गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि डोजर चल्यो (तस्वीरहरू)
- थापाथलीको सुकुमवासी बस्तीका ६ परिवार सरकारको सम्पर्कमा
- सुकुमबासीलाई सहयोग गर्दै प्रहरी, तस्बिरमा हेर्नुहोस्
- खाली गरियो थापाथलीको सुकुम्बासी बस्ती
- विस्थापित सुकुमवासीलाई दुई दिन सरकारले नै खाना दिने, पहिचानपछि अस्थायी सेल्टरमा पुन:स्थापना
- आमाको माया …
- रंगशालामा स्क्रिनिङ गरेपछि यी ठाउँमा राखिनेछन् सुकुम्बासीलाई

