चितवन , असार २३ – अबिरल बर्षाका कारण भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरा स्थित राष्ट्रिय आधारभुत बिद्यालयको पर्खाल भत्किएको छ । लगातारको बर्षाका कारण शनिबार राती करिव १० मिटर पक्की पर्खाल भत्किएको हो । बिद्यालयको पर्खाल भत्किएपछी बिद्यालय भवन समेत जोखिममा परेको छ । करिव दुई बर्ष पहिले बिद्यालयको सुरक्षाका लागि भरतपुर महानगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा पर्खाल निर्माणको काम गरिएको भएपनि लगातारको बर्षाले रातको समयमा पर्खाल भत्किएको बिद्यालयका प्रधानध्यापक ज्योती नारायण ढकालले बताउनु भयो । उहाले दिनरात नभनि रगत पसिना बगाएर अहोरात्र खटेर निर्माण गरिएको पक्कि कम्पाउण्ड गर्ल्याम्मै ढल्दा आफु ज्यादै दुखि भएको बताउदै एकातिर निर्माण गर्दै जान्छु अर्कोतिर क्षति हुदै जान्छ – सिलाउने र च्यातिने जस्तो भएको बताउनु भयो । उहाँले पर्खाल भत्किएपछी विद्यालय समेत असुरक्षित भएकाले पर्खाल निमार्णका लागि सहयोगको अपिल समेत गर्नु भएको छ ।
शनिबार मात्रै सो बिद्यालयको नर्मदा लोक लक्ष्मी फाउन्डेसनको सहयोगमा ४ कोठे पक्की भवनको ढलाइ भएको थियो । ठिमुरा बिद्यालयमा बिपन्न तथा चेपाङ समुदायका करिव १ सय बिद्यार्थी अध्यन गर्दै आएका छ्न ।
Breaking News
- ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव
- टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
- चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
- जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
- जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला
- भू-सेवा केन्द्रको धरौटी बढ्यो, घरजग्गा कारोबारको अनुमति दस्तुर कति?
- काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोकिँदा दुई युवकको मृत्यु
- प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्दै

