चितवन, असार २९ – नारायणगढ मुग्लिङ सडकखण्ड अन्तरगत सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराईरहेको एञ्जल डिलक्स बसमा माडीका एक युवक समेत परेको खुलेको छ ।
उनी असार २८ गते काठमाडौंमा एक विवाह समारोहको फोटो खिँच्न असार २७ गते राती करीब ११ बजे भरतपुर विशालचोकबाट बस चढेका र सोही बसमा परेको पारिवारिक श्रोतले जनाएको छ ।
फोटोग्राफीको काम गर्ने माडी-१, भंगता गाउँ निवासी बर्ष २२ का विकास विश्वकर्मा बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बससंगै त्रिशूली नदीमा बेपत्ता रहेको उनका सहोदर दाजु विजय विश्वकर्माले बताउनु भयो ।
। उनको साथमा भरतपुर सारदानगर निवासी बर्ष २५ का सुदीप बि.क. समेत बस चढेकोमा उनी समेत बेपत्ता रहेका छन् ।
पहिरोमा परी बेपत्ता विकास विश्वकर्माले बरुवास्थित सोमेश्वर मा.वि.बाट कक्षा १२ उत्तीणर् गरेका थिए ।

