चितवन , साउन ५ – नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । गएराति ९ वजेर २० मिनेटमा नदी माथीको पुलबाट हाम फालेर भरतपुर १५ मंगलपुर बस्ने ६२ वर्षका कुल बहादुर थापा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
वेपत्ता थापाको खोजीकार्य भैरहेको र हालसम्म अवस्था पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ । नदीमा पानीको बहाव उच्च रहेकोले खोजीकार्यमा कठिनाइ हुदै आएको छ ।

