चितवन, ३ भदौं । माडीकाे रिउ खाेलामा बगेर एकजनाकाे मृत्युु भएकाे छ । मृत्युहुनेमा माडी नगरपालिका वडा नं ९ बस्ने ५० वर्षका काजीमान प्रजा रहेका छन् ।
आज अपरान्ह ४ : २० बजेकाे समयमा स्याली बजारवाट कुसुमखाेला बस्ती जानेक्रममा रिउ खाेलाले बगाएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार खाेलातर्ने क्रममा लडेका प्रजाकाे शव ५ सय मिटरदुरीपर भेटिएको थियोे ।

