काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा उद्यमी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिइरहेको छ ।
आज बिहान सरकारी वकिलको कार्यालयमा आफैँ उपस्थित भएका चौधरीसँग सीआईबीले बयान लिएको हो ।
काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सीआईबीले उनलाई बयानको लागी बोलाएको थियो ।
यसअघि हिजो सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।