काठमाडौं : तनहुँको आँबुखैरेनीस्थित ऐनापहारा नजिकै भएको बस दुर्घटनामा गम्भीर घाइते भएका १६ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।नेपाली सेनाको हेलिकप्टरमार्फत दुई पटक गरेर १६ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको हो ।दुर्घटनामा चालकसहित ४३ जना परेको र सबैको उद्धार भइसकेको छ । दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
पहिलो पटक १२ र पछिल्लो पटक ४ जना गरी १६ जनालाई थप उपचारका लागि काठमाडौं शिक्षण अस्पताल ल्याईएको थियो ।घाइतेहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
गोरखपुरबाट केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो ।पर्यटकलाई भैरहवाबाट पोखरा पुर्याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मस्र्याङ्दी नदी किनारमा खसेको हो ।
यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थाननजिकै मस्र्याङ्दी नदीमा खसेको थियो ।बसमा ४१ जना यात्रु, एक जना चालक र एक जना सहचालक थिए। उनीहरू सबै भारतीय नागरिक भएको प्रहरीले जनाएको छ।