चितवन , भदौ ८ – भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित मर्स्याङदी टोल बिकास संस्थाले टोलमा रहेका महिलाहरु लाई लक्षित गर्दै तिज बिशेष शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । टोलमा रहेका आमा दिदिबहिनीहरु लाई आउदै गरेको तिज लाई अबिस्मरणीय बनाउन अभिभावकत्व गर्दै तिज बिशेष शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।
आज शनिबार आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राजेन्द्रमणी काफ्ले र बिशिष्ठ अतिथिहरु बडा नम्बर ७ का जनप्रतिनिधिहरु अमृता गौतम , रिता दर्जी , मीन बहादुर गुरुङ , किरण अधिकारी र संस्थाका संस्थापक अध्यक्ष हितमान गुरुङ रहनु भएको थियो ।
त्यस्तै कार्यक्रमका अतिथीहरुमा संस्थाका पुर्ब अध्यक्षहरु ज्ञानु लौडारी ,सोमराज खनिया , प्रकाश सापकोटा , निबर्तमान अध्यक्ष केदारनाथ बोहरा , मर्यस्याङदी आमा समुहकी अध्यक्ष कल्पना देवकोटा , गुरुङ तमु समाजका अध्यक्ष कल्सिराम गुरुङ , भुपु सैनिक प्रहरी कोषका अध्यक्ष कृष्ण बहादुर अधिकारी लगायत रहनु भएको थियो ।
सो कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजेन्द्रमणी काफ्ले बिशिष्ठ अतिथी अमृता गौतम लगायत आउदै गरेको महिलाहरुको महान चार्ड हरितालिका तिजको शुभकामना दिनु भएको थियो ।
संस्थाका सचिव पृतिमा ठाडाले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तब्य भगवती बसौला र अध्यक्षता टोल बिकास संस्थाका अध्यक्ष कालीमाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा टोलमा रहेका करिव १ सय ६० जना महिलाको सहभागीता रहेको थियो ।
Breaking News
- टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
- चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
- जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
- जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला
- भू-सेवा केन्द्रको धरौटी बढ्यो, घरजग्गा कारोबारको अनुमति दस्तुर कति?
- काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोकिँदा दुई युवकको मृत्यु
- प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्दै
- सिन्धुलीबाट बेपत्ता हायू परिवार पाेखरा पुगेकाे खुल्याे