चितवन , भदौ ८ – भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित मर्स्याङदी टोल बिकास संस्थाले टोलमा रहेका महिलाहरु लाई लक्षित गर्दै तिज बिशेष शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । टोलमा रहेका आमा दिदिबहिनीहरु लाई आउदै गरेको तिज लाई अबिस्मरणीय बनाउन अभिभावकत्व गर्दै तिज बिशेष शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।
आज शनिबार आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राजेन्द्रमणी काफ्ले र बिशिष्ठ अतिथिहरु बडा नम्बर ७ का जनप्रतिनिधिहरु अमृता गौतम , रिता दर्जी , मीन बहादुर गुरुङ , किरण अधिकारी र संस्थाका संस्थापक अध्यक्ष हितमान गुरुङ रहनु भएको थियो ।
त्यस्तै कार्यक्रमका अतिथीहरुमा संस्थाका पुर्ब अध्यक्षहरु ज्ञानु लौडारी ,सोमराज खनिया , प्रकाश सापकोटा , निबर्तमान अध्यक्ष केदारनाथ बोहरा , मर्यस्याङदी आमा समुहकी अध्यक्ष कल्पना देवकोटा , गुरुङ तमु समाजका अध्यक्ष कल्सिराम गुरुङ , भुपु सैनिक प्रहरी कोषका अध्यक्ष कृष्ण बहादुर अधिकारी लगायत रहनु भएको थियो ।
सो कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजेन्द्रमणी काफ्ले बिशिष्ठ अतिथी अमृता गौतम लगायत आउदै गरेको महिलाहरुको महान चार्ड हरितालिका तिजको शुभकामना दिनु भएको थियो ।
संस्थाका सचिव पृतिमा ठाडाले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तब्य भगवती बसौला र अध्यक्षता टोल बिकास संस्थाका अध्यक्ष कालीमाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा टोलमा रहेका करिव १ सय ६० जना महिलाको सहभागीता रहेको थियो ।
Breaking News
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न

