चितवन , बैशाख २८ – पछिल्लो समय विभिन्न चार्डपर्व , जन्मदिन, विवाह बर्षगाठ लगायतका उत्सबमा ठुला होटल,रेस्टुरेन्टमा गएर अनावश्यक खर्च गर्ने परम्परा लाई निरुत्साहित गर्दै चितवन नारायणगढका युवा ब्यबसायी सन्तोष पौडेलले आफ्नी श्रीमती लाई जन्मदिनको अवसर पारि जीवन विमा पोलिसी उपहार दिएका छ्न । ब्यबसायी पौडेलले आफ्नी श्रीमती दिब्यरुपा पौडेल लाई आज परेको जन्मदिनको अबसर पारेर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखा मार्फत ५ लाख रुपैया बराबरको सिटिजन शुभारम्भ योजना अन्तरगतको बिमा पोलिसी खरिद गरि श्रीमती लाई उपहार दिएका हुन ।
पोलिसी उपहार हस्तान्तरण पछि ब्यबसायी पौडेलले श्रीमतीको जन्मदिनमा जीवन बीमा पोलिसी उपहार दिन पाएकोमा आफुलाइ खुसी लागेको बताउदै हरेक नेपालीले अनावश्यक खर्च कटौती गरेर भबिष्यको सुरक्षा र बचतका लागि बीमा अपरिहार्य रहेको बताए ।
पोलिसि उपहार हस्तान्तरण कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका नारायणगढ शाखा प्रमुख गोकर्ण बहादुर कार्कीले अहिले आम रुपमा बिमा प्रति हेरिने नजर परिवर्तन हुँदै गएको बताउदै फजुल खर्च लाई नियन्त्रण गर्दै बचत र जिवनको सुरक्षा लाई महत्त्व राखेकाले यस्ता किसिमका काम समाजको लागि पनि उदाहरणीय भएको जनाए । कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स नारायणगढ शाखाका कर्मचारी लगायत एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।
Breaking News
- रोल्पा जीप दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो: सिंगो राष्ट्र शोकमग्न छ
- गैह्रीगाउँमा डोजरः ध्वस्त भए घरटहरा, हेरिरहे सुकुमबासी (तस्बिरहरू)
- गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि डोजर चल्यो (तस्वीरहरू)
- थापाथलीको सुकुमवासी बस्तीका ६ परिवार सरकारको सम्पर्कमा
- सुकुमबासीलाई सहयोग गर्दै प्रहरी, तस्बिरमा हेर्नुहोस्
- खाली गरियो थापाथलीको सुकुम्बासी बस्ती
- विस्थापित सुकुमवासीलाई दुई दिन सरकारले नै खाना दिने, पहिचानपछि अस्थायी सेल्टरमा पुन:स्थापना
- आमाको माया …

