चितवन , बैशाख २८ – पछिल्लो समय विभिन्न चार्डपर्व , जन्मदिन, विवाह बर्षगाठ लगायतका उत्सबमा ठुला होटल,रेस्टुरेन्टमा गएर अनावश्यक खर्च गर्ने परम्परा लाई निरुत्साहित गर्दै चितवन नारायणगढका युवा ब्यबसायी सन्तोष पौडेलले आफ्नी श्रीमती लाई जन्मदिनको अवसर पारि जीवन विमा पोलिसी उपहार दिएका छ्न । ब्यबसायी पौडेलले आफ्नी श्रीमती दिब्यरुपा पौडेल लाई आज परेको जन्मदिनको अबसर पारेर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखा मार्फत ५ लाख रुपैया बराबरको सिटिजन शुभारम्भ योजना अन्तरगतको बिमा पोलिसी खरिद गरि श्रीमती लाई उपहार दिएका हुन ।
पोलिसी उपहार हस्तान्तरण पछि ब्यबसायी पौडेलले श्रीमतीको जन्मदिनमा जीवन बीमा पोलिसी उपहार दिन पाएकोमा आफुलाइ खुसी लागेको बताउदै हरेक नेपालीले अनावश्यक खर्च कटौती गरेर भबिष्यको सुरक्षा र बचतका लागि बीमा अपरिहार्य रहेको बताए ।
पोलिसि उपहार हस्तान्तरण कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका नारायणगढ शाखा प्रमुख गोकर्ण बहादुर कार्कीले अहिले आम रुपमा बिमा प्रति हेरिने नजर परिवर्तन हुँदै गएको बताउदै फजुल खर्च लाई नियन्त्रण गर्दै बचत र जिवनको सुरक्षा लाई महत्त्व राखेकाले यस्ता किसिमका काम समाजको लागि पनि उदाहरणीय भएको जनाए । कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स नारायणगढ शाखाका कर्मचारी लगायत एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।
Breaking News
- जसले न्याय खोज्दाखोज्दै त्यागिन् प्राण
- वैवाहिक बर्षगाँठको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणमा गौतम दम्पतीको सहयोग
- गभर्नर नियुक्तिमा उमेरहद हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
- सिद्धार्थ ग्रुपको नारायणगढमा नयाँ शाखा बिस्तार
- विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
- घिसिङ बर्खास्त
- निर्वाचन निषेध गरिएको प्रेस चौतारी अध्यक्षमा पाण्डे, महासचिवमा लामा दोहोरिए
- राजेश राईले चौतारीको महाधिवेशन हल छोड्दा प्रतिनिधिहरूको रूवाबासी