चितवन ,भदौ १८ – चितवनको माडी नगरपालिका वडा नम्बर ८ दक्षिण अयोध्यापुरीकि क्यान्सर पिडित बालिकाको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। माडी नगरपालिका वडा नम्बर ८ का दिलिप अधिकारीकि ५ बर्षकि छोरी समृद्धि अधिकारीको आर्थिक अभाबका कारण उपचारमा समस्या भएपछी आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । स्थाही घर माडी भै भरतपुर ७ मर्स्याङदी टोल बसोवास गरि कोरियामा रहदै आउनु भएका किशोर पाण्डेले बालिकाको उपचारका लागि २५ हजार रुपैया सहयोग गर्नु भएको हो । आज एक कार्यक्रमका बिच सहयोगी किशोरका बुवा सामाजिक अगुवा कृष्णहरि पाण्डेले बिरामी बालिका समृद्धिकि फुपुदिदी शुशिला अधिकारी लाई हस्तान्तरण गर्नु भएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा साबिक अयोध्यापुरी माडी भरतपुर सम्पर्क समाजका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ , पत्रकार लक्ष्मण गौतम लगायतको सहभागीता रहेको थियो । बालिकाको उपचारका क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सेस ( पुरानो मेडिकल कलेज ) चितवन मेडिकल कलेज , बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल हुँदै हाल लामो समय भारत स्थित दिल्लिमा रहेको राजिव गान्धी क्यान्सर अस्पताल उपचार भैरहेको छ । छोरीको उपचारमा हाल सम्म करिव ४० लाख रुपैयाँ खर्च भै सकेको र थप दुई बर्ष उपचारका लागि त्यति नै रकम लाग्ने भएपछी आफू समस्यामा परेको हुँदा सहयोगका लागि अनुरोध गरेको बिरामी बालिकाका बुबा दिलिप अधिकारीले बताउनु भयो । बिरामी बालिकाको उपचार प्रक्रिया अझै दुई बर्ष सम्म लाग्ने र खर्च पनि सोही अनुपातमा लाग्ने डाक्टरले बताएपछी बिरामीका परिवारजनले उपचारका लागि आर्थिक सहयोगका लागि अपिल गरेका हुन । सहयोगका लागि सहयोगदाताले बिरामी बालिका समृद्धिका बाबू दिलिप अधिकारीको माडी बसन्तपुरमा रहेको कृषि बिकास बैक खाता नम्बर 0508800915165011 तथा इसेवा नम्बर 9845940644 मा सहयोग रकम जम्मा गर्न सकिने जनाइएको छ ।
Breaking News
- शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
- फेसबुकमार्फत चम्किएको डब्लुआरआर : १० बर्षको उपलब्धीबारे उत्साहित अभियन्ता
- जसले न्याय खोज्दाखोज्दै त्यागिन् प्राण
- वैवाहिक बर्षगाँठको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणमा गौतम दम्पतीको सहयोग
- गभर्नर नियुक्तिमा उमेरहद हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
- सिद्धार्थ ग्रुपको नारायणगढमा नयाँ शाखा बिस्तार
- विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
- घिसिङ बर्खास्त