चितवन , जेठ २४ – चितवनको माडी स्थित देबेन्द्रपुरमा आज बिहिवार शनि जयन्ती मेला एवं साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।शनि मन्दिरमा सञ्चालित साँस्कृतिक कार्यक्रम, प्रत्यक्ष दोहोरी र खुला भजन प्रतियोगिता सम्पन्न भएको हाे । कार्यक्रममा गायक प्रदीप त्रिपाठी र गायिका बिन्दु कार्किले दर्शकहरूलाई घम्साघम्सि दाेहाेरी र साङ्गितिक प्रस्तुति दिएका थिए ।
कार्यक्रमकै अवसरमा सञ्चालित भजनकृतन प्रतियाेगितामा बालकल्याण आधारभुत विद्यालयका विद्यार्थीहरू प्रथम हुन सफल भएका छन । त्यस्तै, सूर्यमुखि भजन समूह दाेस्राे र शनिधाम भजन मण्डलीले तेस्राे स्थान प्राप्त गरेको हो ।
शनि मन्दिरमा हरेक वर्षजसाे शनि जयन्तिकाे अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम एवं मेला उत्सव लाग्ने गरेकाे छ । माडीकाे महत्वपूर्ण धार्मिक क्षेत्र शनि मन्दिरमा हरेक शनिबार सयाैंकाे संख्यामा धर्मावलम्बी एवं दर्शनार्थीहरू पुग्ने गरेका छन् । आजको कार्यक्रममा हजारौको सहभागिता रहेको शनिमन्दिर ब्यबस्थापन समितिका अध्यक्ष सुदर्शन सुवेदीले बताउनु भयो ।

