चितवन , साउन ५ – मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो स्पर्धामा सहभागी माडीका युवा खेलाडी दर्शन बरालले स्वर्ण पदक जित्नुभएको छ ।
क्वालालम्पुर शहरमा सम्पन्न GEWINN Malaysia Open Taekwondo Championship 2024 मा सहभागी बरालले १५ देखि १७ बर्ष उमेर समूहको खेलमा ७ वटा देशका सहभागीहरुलाई हराउँदै प्रथम स्थान जित्नुभएको हो ।
बरालसंगै नेपालबाट पुगेका मनिष पौडेलले समेत स्वणर्पदक जित्नुभएको छ भने अन्य सहभागीहरुको खेल हुने क्रममा रहेको मलेसियाबाट बरालले जानकारी दिनुभयो ।
बराल माडी नगरपालिका-७ निवासी रहेपनि हाल भरतपुर १० मा बसी अध्ययन सहित ब्यबसाय संचालन गर्दै आएका खेलाडी दर्शन बरालले यसअघि भारतको गोवामा भएको अन्तर्राष्ट्रियस्तरकै तेक्वान्दोमा कास्य पदक जित्नुभएको थियो ।

