चितवन , साउन ,५ – मलेशियामा जारी तेक्वान्दो प्रतिस्पर्धामा चितवनबाट जानुभएको ४ जना खेलाडीले नै गाेल्ड मेडल (प्रथम स्थान हाँसिल) प्राप्त गर्न सफल हुनुभएको छ।
मलेसियाको राजधानी क्वालालम्पुरमा जुलाई १९ देखि सुरू भई २१ सम्म चल्ने GEWINN Malaysia Open Taekwondo Championship 2024 मा दर्शन बराल,मनिष पौडेल,प्रयाग ढकाल र सुजल कंडेल सहभागी ४ खेलाडीले नै गाेल्ड मेडल प्राप्त गर्न सफल हुनुभएको छ। दर्शन बरालले १६ देखि १८ बर्ष उमेर समुहको खेलमा ७ वटा देशका सहभागीहरुलाई हराउँदै स्वणर्पदक जित्नुभएको हो भने मनिष पौडेलले १४ देखि १५ बर्ष उमेर समुहको खेलमा ७ वटा देशका सहभागीहरुलाइ हराउदै स्वणर्पदक जित्नुभएको हो ।
त्यस्तै गरि प्रयाग ढकालले ५० के.जि तौल समुहको खेलमा ७ वटा देशका सहभागीहरुलाई हराउँदै स्वणर्पदक जित्नुभएको हो भने सुजल कंडेलले ४५ के.जि तौल समुहको खेलमा ७ वटा देशका सहभागीहरुलाई हराउँदै स्वणर्पदक जित्नुभएको हो।प्रशिक्षक कमल भट्टराईले च्याम्पियन ट्रफी प्राप्त गर्नुभएको छ।
अन्तराष्ट्रिय स्तरको स्पर्धामा भाग लिन अराेमा एण्ड लाइफलाइन तेक्वान्दो दोजाङमार्फत उहाँहरु मलेसिया पुग्नुभएकाे थियाे ।

