शनिबार इन्डोनेसियाको कानजुरुहान स्टेडियमममा भएको भागदौडमा परी १ सय ७४ जनाले ज्यान गुमाए। जसमा ३२ बढी बालबालिका रहेको जनाइएको छ। अधिकारीका अनुसार सर्वाधिक शनिबार भएको भागदौडमा ज्यान गुमाउनेमा ३ वर्षका पनि रहेका छन्।
डरलाग्दो दुर्घटनापछि १८ अधिकारीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिंदै छ।
सबै समर्थक एकै टिमका
स्थानीय समयअनुसार, शनिवार राति ८ बजे घरेलु क्लब अरेमा फुटबल क्लब र पर्सेबाया सुर्वायबीच खेल सुरु भएको थियो। यो खेल इन्डोनेसियाको इस्ट जाभा क्षेत्रको कान्जुरुहान स्टेडियममा भएको थियो। पुलिसका अनुसार मैदानमा ४२ हजार समर्थक उपस्थित थिए। र यी सबै दर्शक घरेलु टिम अरेमा फुटबल क्लबका समर्थक रहेका थिए। आयोजकले पर्सेबाय सुर्वायका समर्थकलाई भने आउन प्रतिब्नध लगाएको थियो। किनकि आयोजकले यी दुई बीचको सम्भावित भिडन्त र उग्रता रोक्न घरेलु टोलीका समर्थकलाई मात्रै टिकट बेचेको थियो। इन्डोनेसियामा फुटबल एक चर्चित प्रतियोगिताका रुपमा रहन्छ। यहाँ समर्थकहरुबीच झडपका घटना सामान्य मानिन्छ।
समर्थकले हार स्विकार्न सकेनन्
राति करिब १० बजे आसपास खेल समाप्त भएको थियो। अरेमा फुटबल क्लब पर्सेवाया सुर्वायसँग ३-२ लेपराजित भयो। अरेमा फुटबल क्लब र पर्सेबाया सुरबाया वर्षौ देखीका दुश्मन क्लबका रुपमा परिचित छन्। दुई दशकमा पहिलो पटक अरेमा फुटबल क्लब पर्सेवायासँग पराजित हुन पुगेको थियो। यस्तोमा घरेलु टोलि पर्सेवायसँगको हारमा निरास थिए।
कसरी मच्चियो भागदौड
जब रेफ्रीले समय सकिएको फाइनल सिटी बजाए अरेमाका समर्थक मैदानमा उत्रिए। समर्थकले बोतल र अन्य सामानले प्लेयर्स तथा फुटबल अधिकारीहरुमाथि प्रहार गर्न सुरु गरे। अवस्था नियन्त्रणमा लिन पुलिस मैदान छिर्नुपर्याे। समर्थकले कारमा आगजनी गर्न सुरु गरेपछि अवस्था नियन्त्रणमा लिन पुलिसले अश्रु ग्यास छोडेको बताएको छ। अश्रु ग्यास छोडेसँगै समर्थक गेट तर्फ भाग्न सुरु गरे।
फिफाले फुटबल मैदानमा अश्रुग्यासको प्रयोगमा प्रतिबन्ध लगाएको छ। यद्यपि, प्रहरीले अश्रुग्यासँ प्रहार गरेको घटनाको छानविन हुँदै छ। भागदौडका क्रममा १० नम्बर गेटमा यो भिडन्त भएको थियो। त्यसपछि मैदानबाहिर पनि पुलिस र समर्थकबीच झडप भएको थियो। जहाँ पुलिसका पाँच कारमा आगजनी गरिएको थियो।

कति जनाले ज्यान गुमाए?
बाहिरिने गेट तर्फ भाग्ने क्रममा निसासिएर ३४ जनाको तत्काल मृत्यु भएको थियो। बाँकी ब्यक्तिको अस्पताल लैजाँदा लैजाँदै बाटोमा र अस्पतालमा मृत्यु भयो। अहिलेसम्मक १ सय ७४ बढीको मृत्यु भयो पुलिसका अनुसार यो संख्या थप बढ्न सक्ने छ। जसमा धेरै जनाको चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार भइरहेको छ। मृत्यु हुनेमा ३२ बालबालिकासमेत छन्।
राष्ट्रपतिले दिए छानविनको आदेश
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले घटनाप्रति खेद ब्यक्त गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन्। उनले भने ‘आशा गर्छु यो ट्रयाजेडी इन्डोनेशियन फुटबलका लागि अन्तिम हुने छ।’ यो घटनाको विषयमा फिफा अध्यक्ष जियानी इन्फेटिनोले भने ‘फुटबलसँग जोडिएका जो कोहिका लागि यो घटना कालो दिनका रुपमा रहने छ। यस्तो घटना सोच भन्दा बाहिरको कुरा हो।’

लिग स्थगित
आईतबार विहान राष्ट्रपति विडोडोले खेलका दौरान रहेका सेक्योरिटीको इन्भेष्टीगेशन नसकिँदा सम्मका लागि फुटबल संघलाई बीआरआई लिग १ का सबै खेल रोक्न निर्देशन दिउका थिए। बीरआई लिग १ इन्डोनेशियन फुटबलको टप फुटबल लिग हो।
राष्ट्रपति विडोडोले घोषणा गर्नु अघिनै फुटबल एसोसिएसन आफ इन्डोनेशियाले पिडित परिवारसँग माफि माग्दै लिगका सबै खेल १ हप्ताका लागि रोक्ने निर्णय गरेको छ। साथै अरेमा फुटबल क्लबलाई घरेलु खेलको आयोजना पनि प्रतिबन्ध लगाएको छ।
अश्रुग्याससँग जोडिएको फिफाको नियम के छ?
विश्व फुटबलको नियमनकारी निकाय फिफाले आफ्नो सेफ्टी रेगुलेशन्समा स्पष्ट रुपमा पुलिसले स्टेडियममा कुनैपनि प्रकारको आगो सँग जोडीएका हात हतियारको प्रयोग मात्र होइन स्टेडियममा आफ्नो साथमा लग्न पनि निशेध गरेको छ। मिडिया रिपोर्ट अनुसार सुरक्षा निकायले फिफाको यो नियमको गम्भिर उल्लंघन गरेकाले ह्युमन राइट्स कमीशनका कमिश्नरले यो घटनाका बारेमा गहिरो अनुसन्धान गर्ने जनाएका छन्। इन्डोनेशियका चिफ सेक्युरिटी मिनिस्टर महफुद एमडीले सामाजिक सञ्जालमा मैदानको क्षमता भन्दा धेरैलाई अनुमति दिएको दाबि गरेका छन्। उनले मैदानको क्षमता ३८ हजार भएपनि करिब ४२ हजार दर्शक मैदानमा पुगेको जनाइएको छ।
इन्डोनेशियामा दर्शकबिचको झडप पहिलो होइन
इन्डोनेशियामा यसअघि पनि दर्शकहरुबिच झडप हुँदै आएको थियो। ९० को दशकमा फुटबलसँग जोडिएको हिसांमा दर्जनौ समर्थकले ज्यान गुमाएका थिए। अस्ट्रेलिया ब्रोडकास्टिङ कर्पोरेसनको एक रिपोट अनुसार १९९४ देखी २०१९ सम्म फुटबलसँग जोडिएको हिंसामा ७४ समर्थकले ज्यान गुमाइसकेका छन्। यद्यपि शनिबारको दुर्घटना सर्वधिक भिषण घटना मध्येको एक हो। यसअघि १९८९ मा इंग्ल्यान्डको हिल्सबोरो स्टेडियममा भएको भागदौडमा ९७ जना लिभरपुल समर्थकको निधन भएको थियो। त्यस्तै २०१२ मा इजिप्टको पोर्ट सेड स्टेडियममा ७४ जनाको मृत्यु भएको थियो। त्यसऋघि १९६४ मा पेरु र अर्जेन्टिना बिचको ओलम्पिक क्वालिफायरका दौरान भएको भागदौडमा ३ सय २० जनाको निधन भएको थियो।

