चितवन , साउन ११ – चितवनको भरतपुरमा नम्बर नखुलेको सवारीको ठक्करबाट भरतपुरका एक ब्यबसायी तथा कलाकारको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. ७ प्रेमबस्ती बस्ने ५० वर्षका चण्डीप्रसाद अधिकारी( गोबिन्द) रहेका छन् । अधिकारी सवार बागमती प्रदेश ०६-००३ प ६८३९ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा ज्यान गएको हो ।
गएराति ११ः५५ वजे भरतपुर ८ अशोकचोकमा भएको दुर्घटनामा परि गम्भिर घाइते भएका उनको उपचारको क्रममा नयाँ मेडिकल कलेजमा विहान २ वजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने सवारीसाधनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ । उनी ब्यबसायका अलावा कलाकारिता क्षेत्रमा सक्रिय रहदै आएका थिए ।

