सयपत्री हाइड्रोपावरको सेयर कारोबार सोमबारदेखि सुरु भएको छ । सयपत्रीको पहिलो कारोबार १९४ रुपैयाँ ८० पैसामा खुला भएको हो । अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले सयपत्रीको पहिलो कारोबारका लागि न्यूनतम ६४ रुपैयाँ ९६ पैसादेखि अधिकतम १९४ रुपैयाँ ८८ पैसा ओपनिङ रेन्ज तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट सेयर कारोबार खुला भएको हो ।
सयपत्रीको चुक्ता पुँजीका आधारमा कायम ३० लाख कित्ता सेयर सूचीकृत भएको थियो । यसअघि आइतबार स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच नभएपछि सेयर कारोबार खुला हुन सकेकोे थिए । ‘एसपीएचएल’ संकेतमा सेयर कारोबार सुरु भएको हो ।
Breaking News
- गैह्रीगाउँमा डोजरः ध्वस्त भए घरटहरा, हेरिरहे सुकुमबासी (तस्बिरहरू)
- गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि डोजर चल्यो (तस्वीरहरू)
- थापाथलीको सुकुमवासी बस्तीका ६ परिवार सरकारको सम्पर्कमा
- सुकुमबासीलाई सहयोग गर्दै प्रहरी, तस्बिरमा हेर्नुहोस्
- खाली गरियो थापाथलीको सुकुम्बासी बस्ती
- विस्थापित सुकुमवासीलाई दुई दिन सरकारले नै खाना दिने, पहिचानपछि अस्थायी सेल्टरमा पुन:स्थापना
- आमाको माया …
- रंगशालामा स्क्रिनिङ गरेपछि यी ठाउँमा राखिनेछन् सुकुम्बासीलाई

