काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले तिहारको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । यस वर्षको तिहारको भाइटिका कात्तिक १० गते ११ः३७ मिनेटमा रहेको समितिले जनाएको छ ।
समितिले सोमबार जारी गरेको विज्ञप्तिमा गर्दै नेपाललगायत विश्वभरीमा भाइटिकाको साइतको समय सार्वजनिक गरेको छ । त्यस्तै बेलायत, भारत, अमेरिका, फ्रान्स, जापान लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको छ ।

