नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझ ७ बजेदेखि मध्यराति १ बजेसम्म मतदान हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले मंगलबार अपरान्ह निर्वाचन कार्यक्रम प्रकाशित गरी साँझ ७ बजेदेखि १ बजेसम्म मतदान हुने जानकारी गराएको हो ।
मंसिर २७ गते शनिबार शुरू भएको महाधिवेशन नयाँ नेतृत्व चयन गरेर भोलि पुस २ गते समापन गर्ने तयारीमा एमाले छ ।
एमाले महाधिवेशन चलिरहेको स्थानमा भोलि अर्कै कार्यक्रम रहेकाले मतदान आजै सम्पन्न गर्ने तयारी भएको निर्वाचन आयोगका एक पदाधिकारीले जानकारी दिए ।
प्राविधिक त्रुटि सच्याएर उमेदवारको अन्तिम नामावली पुन: प्रकाशन गरिएको एमाले निर्वाचन आयोगले जनाएको छ ।
नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने छ ।


