भरतपुर महानगरपालिका–११ जखडीमाईस्थित घरको छतबाट खसेर दुई वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ऋषिराम भट्टको दुई वर्षीय नाती सियास भट्ट रहेका छन् ।
उनको उपचारको लागि चितवन मेडिकल कलेजतर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । मृतक बालकको बुबा सिताराम भट्ट र आमा आशा भट्ट हाल जापानमा रहेका छन् ।

