काठमाडौं– खोटाङमा गुडिरहेको बसमा आगलागी भएको छ ।
काठमाडाँबाट खोटाङ सदरमुकाम दिक्तेल आइरहेको बा३ख ८९८१ नम्बरको बसमा आफैँ आगलागी भएको हो ।
यात्रुहरू भने सुरक्षित रहेको हलेसी तुवाचुङ नगरपालिका १ का वडाध्यक्ष रुद्रकुमार जानकारी दिए । उनका अनुसार आगो लागेपछि यात्रुहरू भागेर जोगिएका छन् ।
हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाडाँको कदुवामा गुडिरहेका बेला बसमा आफैँ आगो लागेको थियो ।

