नवनर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमवार दिउँसो आयोजित विशेष समारोहमा पौडेलले शपथ लिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराएका हुन् ।
पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
शपथ समारोहमा निवर्तमान राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्रपति लगायतको उपस्थिति थियो ।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बाहिरिएकी छिन् ।
राष्ट्रपति रामचन्द्र पौडेललाई पदभार हस्तान्तरण गरेर भण्डारी शीतल निवासबाट बाहिरिएकी हुन् ।
भण्डारीको बिदाइमा नेपाली सेनाले टुँडिखेलबाट २१ तोपको सलामी अर्पण गरेको थियो ।
भण्डारीको बिदाइका लागि राष्ट्रपति पौडेल उनको गाडीसम्मै पुगेका थिए ।
निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपहार प्रदान गरेका थिए ।
२०७२ कात्तिक ११ गते भण्डारी पहिलोपटक नेपालको राष्ट्रपति चुनिएकी थिइन् ।
भण्डारी दोस्रो कार्यकालका २०७४ फागुन २९ मा पुनः निर्वाचित भएकी थिइन् ।
दुईपटक गरी करीब साढे ७ वर्ष हाराहारी उनी नेपालको राष्ट्रपति रहिन् ।
बूढानिलकण्ठ चपलीस्थित निजी निवासको मर्मतसम्भार नसकिएकाले भण्डारी केही समय छोरीको घरमा बस्ने बताइएको छ ।
उनी तत्काल राजनीतिमा फर्किने चर्चा समेत चलिरहेको छ ।

