प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आधिकारिक ट्विटर ह्यान्डलमा समस्या आएको छ । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले ट्विटर ह्याक भएको ठानिएको बताए । उनका अनुसार अहिले ट्विटर खोल्न समस्या भएको छ भने ट्विटर ह्यान्डलमा अनधिकृत दुई वटा पोस्ट देखिएको छ ।
‘पीएमओ नेपाल’ ट्विटर ह्याण्डलबाट दुई वटा अनधिकृत पोस्ट रिट्वीट भएको हो । गएराति २ बजे र त्यसको केही समयपछि फेरि अर्को अनधिकृत रिट्वीट भएको हो ।
यस विषयमा प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले के भएको हो भन्नेबारे प्राविधिकले अध्ययन गरिरहेको प्रतिक्रिया दिए ।

