वैशाख। चितवनको भरतपुर महानगरपालिका वडा नबर ११ भोजाडस्थित नयाँ किरण मावि मतदान स्थलमा तनाव भएपछि नेपाली सेनाको नियन्त्रणमा छ।
चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरूले नाराबाजी गर्दा त्यसको विरोध एमाले पक्षका व्यक्तिले गर्दा तनाव सिर्जना भएको हो।
लामिछाने मतदानस्थलमा आएलगत्तै उनका समर्थकहरूले लामिछानेको पक्षमा नाराबाजी गरेका थिए।
एमाले पक्षका व्यक्तिले व्यक्तिले विरोध गरेका थिए। हाल भने उनीहरूलाई प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको छ। अहिले सो मतदान केन्द्रमा तनाव हुन नदिन नेपाली सेनाले सुरक्षा घेरामा राखेको छ।

