काठमाडौं— निर्वाचन आयोगले पर्सी मंगलबारसम्ममा तीनै क्षेत्रको मतपरिणाम आइसक्ने जनाएको छ ।
आइतबार चितवन–२, तनहुँ–१ र बारा–२ मा सम्पनन् प्रतिनिधि सभा उपनिर्वाचनको मतगणना आजैबाट बेलुकीदेखि सुरु हुने र मंगलबारसम्म मतपरिणाम आइसक्ने आयोगले जनाएको हो ।
आयोगका अनुसार तीनै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको छ । आयोगको भनाइमा यतिखेर मतपेटिका संकलन कार्य भइरहेको छ ।

