काठमाडौं। ‘विदेश जाने, कमाउने र ल्याउने’ भन्दै वैदेशिक रोजगारी शब्द सुन्दा जति सरल छ, त्यही कुरा गर्न सयौँ गुणा कठिन छ। यसको ताजा उदाहरण हो, अहिले इजरायलबाट स्वदेश फर्कँदै गरेकाहरू।
नेपाली समाजमा पछिल्लो समयको सोचाइ आफ्ना सन्तानलाई विदेशी भूमि टेकाउने ठूलो रहर बन्दै आएको छ। बुझेर या नबुझी विदेसिने युवाहरूको लर्को दिनहुँ बढ्दो छ।
यही परिस्थितिमा आफ्नो सुनौलो भविष्यको खोजीमा मिठो कल्पना र सपनाहरू लिएर इजरायल गएकाहरू धन्न ज्यान बचाएर स्वदेश फर्कँदै छन्। युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन्।

