आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता देशैभरि शान्तिपूर्णरुपमा भइरहेकोको छ । प्रतिनिसिभातर्फ १६५ र प्रदेशसभातर्फ २२० सिटका लागि ठूलो संख्यामा उम्मेदवारी परेका छन् ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवादेखि लिएर एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका माधव कुमार नेपाल र झलनाथ खनालले आ–आफ्नो निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता गराएका छन् ।
मनोनयन दर्ताका क्रममा दलका नेता कार्यकर्ताहरुमा उत्साह देखिएको छ । कसैले नृत्य एवं झाँकीहरुसहित उम्मदेवारी दर्ता गरेका छन् भने कसैले सामान्यरुपमा दर्ता गराएका छन् ।
यसक्रममा मनोनय दर्ताका क्रममा देखिएका केही दृश्यहरुलाई हामीले यहाँ ‘कम्पाइल’ गरेर प्रस्तुत गरेका छौं–
प्रधानमन्त्री शेरबहादुर देउवाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्।


काठमाडौं १ मा उम्मेदवारी दर्तापछि भेटघाट गर्दै कांग्रेस नेता प्रकाशमान सिंह र राप्रपा नेता रवीन्द्र मिश्र








