कात्तिक २-
चितवनमा आज (बुधबार) दिउँसो ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।
नेपाल र तिब्बतको बोर्डरमा केन्द्र बनाएर बुधबार दिउँसो भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।
यसको केन्द्र सिन्धुपाल्चोकको तिब्बतसँग सीमा जोडिएको क्षेत्रमा रहेको उनले जानकारी दिए।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा महशुस भएको थियो।
भूकम्पपछि मान्छेहरु घर बाहिर निस्केका छन् ।

