१८ बैशाख २०७९, चुनावी सभालाई सम्बोधन गर्न हेटौँडा पुगेका थिए, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली । सत्ता र शक्ति गुमेपछि रन्थनिएका ओली यसरी खनिन्थे मानौँ यो देशमा कोही ठूला अपराधी र माफिया छन् भने, ती प्रचण्ड–माधव हुन् ।
हेटौँडाको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले प्रचण्डलाई हत्याराको संज्ञा दिए । माधव नेपाललाई भने, ‘माधव नेपालको नाम लिएर, म एकछिनपछि मुख कुल्ला गर्छु । त्यस्ताको नाम किन लिने ? देशका कुलांगार र अन्तरघाती हुन् ।’ ओलीको उक्त भाषण सुनिरहेकाहरु खितितिति…हाँसे ।
कार्यक्रम सकिएपछि ओलीले मुख कुल्ला गरे कि गरेनन् ? त्यो भने थाहा जानकारी आएन । ओलीेले कहिल्यै मानेनन् एकीकृत समाजवादीलाई दल र माधव नेपाललाई नेता । अहंकार र दम्भ ओलीले तुसको भावलाई मलजल गरिरहे । पुष १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउने गठबन्धनमा पनि माधव नेपालको दललाई ओलीले नै एसेप्ट गरेनन् । तर, केही दिनपछिको परिदृश्यले भने ओलीको दम्भ र अहंकारलाई धुलोपिठो पारिदिएको छ ।
बिहिबार मात्रै एमालेका नेताहरु माधव नेपाललाई पार्टी कार्यालयमै भेट्न गए । राष्ट्रपति पदका उम्मेदवार समेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङलाई ओलीले माधव नेपाललाई भेट्न पठाए । यति मात्रै गरेनन् ओलीले माधव नेपाललाई पत्र समेत काटेका छन् । माधव नेपालको नाम लिएपछि कुल्ला गर्ने ओलीको दम्भ कसरी भुईँमा आयो ? एकपटक त्यो सिनारियोलाई हेरौँ,
पुस १० गते माओवादी–एमाले नेतृत्वको गठबन्धनलाई प्रचण्डलाई प्रधानमन्त्री बनायो । राष्ट्रपतिमा एमालेका उम्मेद्वारलाई सघाउने सर्तमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर, त्यो सर्तको गठबन्धन दुई महिना पनि मात्रै टिक्यो । पछि माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय मात्रै लिएन नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रस्तावक बसेर कांग्रेसका रामचन्द्र पौडेललाई उम्मेद्वारी दर्ता गराए । पुस १० गने दोहोरो चाल चलेर राष्ट्रिय राजनीतिको केन्द्र बनेका ओलीलाई फागुन १२ गतेको परिवर्तित राजनीतिले सतहमा ल्याइदियो ।
उक्त आठ दलीय गठबन्धनले राष्ट्रपति चुनावपछिको ओलीको चाललाई मात्रै सतहमा ल्याएन, ओलीको अहंकारी र दम्भी राजनीति प्रवृत्तिलाई ठिक ठाउँमा पु¥याइदियो । त्यसपछि मात्रै ओलीले अर्को चाल चल्न माधव नेपाललाई हतियार बनाउन तयार भए । एकीकृत समाजवादीलाई हातमा लिएर साना दलहरु समेट्ने र कांग्रेसमा अवतरण भएको राजनीतिलाई आफ्नो पोल्टामा हाल्ने ओलीको रणनीति थियो । त्यसका लागि पछिल्लो समय बलियो हुन्, माधव नेपाल ।
आफ्नो रणनीति सफल बनाउन ओलीले नाम लिएपछि मुख कुल्ला गर्ने कुरालाई बिर्सेर माधव नेपाललाई ‘कम्युनिस्ट आन्दोलनलाई गति दिन एक समय हामीसँगै थियौँ, एमाले उम्मेद्वारलाई सहयोग गर्नुप¥यो’ भनिरहेका छन् । यसले ओलीको अहंकार र दम्भ यसपटक, माधवको पाउमा परेको छ ।

