काठमाडौं। काठमाडौंको चन्द्रागिरि डाँडामा शनिबार हिमपात भएको छ ।
शनिबार हल्का वर्षा भएसँगै परेको हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रमा हिउँले ढाकिएको छ।
यसअघिका वर्षमा माघ-फागुन नै चन्द्रागिरिमा हिमपात हुने गरेको भए पनि यसपटक भने मध्य चैतमा हिमपात भएको हो ।
पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ ।










तस्वीर- चन्द्रागिरि हिल्सको फेसबुक पेजबाट

