एसीसी प्रिमियर कपमा नेपाललले ओमानविरुद्ध ८ विकेट गुमाएको छ ।
४४.४ ओभरमा सन्दीप १० बलमा ८ रन बनाउँदै आउट भएका हुन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खाता नखोल्दै दुवै ओपनरको विकेट गुमाएको थियो ।
कुशल मल्लले शानदार शतक बनाएपछि नेपालले ओमानविरुद्ध सम्मानजनक योगफल तयार पार्ने देखिएको छ । मल्लले ५९ बलमा शतक प्रहार गरेका थिए । मल्ल ६४ बलमा १०८ रन बनाउँदै आउट भएका हुन् ।
४७ ओभर सकिंदा नेपालले ८ विकेट गुमाएर २५० रन कटाएको छ ।

