कतारविरुद्ध १५८ रनको लक्ष्य जोगाउनुपर्ने चुनाैतीकाबीच नेपालले कतारविरुद्ध तेस्रो विकेट लिएको छ ।
सन्दीप लामिछानेले ८.३ ओभरमा कतारको तेस्रो विकेट लिएका हुन् । १५ रन बनाएर खेलिरहेका जाहिर इब्राहिमलाई सन्दीपले आरिफ शेखमार्फत क्याटआउट गराएका हुन् ।
९ ओभरमा कतारले ३२ रन जोड्दा ३ विकेट गुमाएको छ ।
यस अघि सोमपाल कामी र ललित राजवंशीले एकएक विकेट लिएका थिए ।

