काठमाडौं, ३० वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले प्रहरीको हातबाट गोप्य कागज खोसेर चपाएका छन् ।
प्रहरीले उनको घरमा खानतलासी गरेर बरामद गरेको गोप्य कागज उनले चपाएर निलेका हुन्। कागजमा गोप्य सूचना रहेका कारण खाँणले खोसेर चपाएको आँकलन गरिएको छ ।
प्रहरी निरीक्षक राजन लामाले खाणका भान्सेको साथबाट एक पत्र बरामद गरेका थिए । त्यो पत्र खाणले भान्सेमार्फत कसैलाई दिन खोजेका थिए ।
खाणले उक्त कागज यही मुद्दामा थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई दिन खोजेको जानकारी आएको प्रहरीले जानकारी दिएको छ ।

